News
मकाउः दोस्रो गुर्खाज कपको खेलतालिका सार्वजनिक, तयारी पनि पूरा
काठमाडौं । मकाउमा रहेका प्रवार्सी नेपालीहरुद्वारा स्थापित गुर्खाज एफसी मकाउको आयोजनामा हुन गईरहेको दोस्रो गुर्खाज कपको खेलतालिका सार्वजनिक गरिएको छ ।
आउँदो नोभेम्बर २ तारीखदेखि हुन गईरहेको एट ए साईड फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जनाएको छ । मकाउ ओलम्पिक स्टेडियममा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार मोप हात पार्नेछ भने उपविजेताले ६ हजार मोपसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजक क्लबका इराज मान गुरुङले जानकारी दिए ।
Post Comments