काठमाडौं । केही साता अघि एन्फा महासचिव किरण राईलाई निलम्बन गरिएको पत्राचार गरी चर्चामा आएका एन्फा कै वरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्का अहिले आफै निलम्बनमा परेका छन् ।
एन्फा कार्यसमितिको कार्तिक १४ गते शुक्रबार बसेको आपतकालिन कन्फेरेन्स बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई अर्को साधारणसभा सम्मका लागि निलम्बन गरिएको कुरा पत्राचार जानकारी गराएको हो ।
एन्फाले खड्कामाथि संघको लेटरहेड, छाप, चलानी नम्बर दुरुपयोग गरेको पत्रमा उल्लेख गरेको छ । त्यसबाहेक विभिन्न समयमा पत्रकार सम्मेलन गरी संघका पदाधिकारीहरुलाई निराधार गाली, गलौच आधारहिन आरोप, दुष्प्रचार गर्ने कार्य, क्लबहरुलाई बिना प्रमाण खेल मिलेमतोको आरोप लगाउने कार्य साथै विधान विरुद्ध फिफा एएफसी लगायतका अन्य निकायहरुमा इमेल तथा पत्राचार गरी पटक–पटक संघको विधान विरुद्धको गतिविधी गरेको समेत पत्रमा उल्लेख गरिएको छ ।
‘संघको विरुद्धको गम्भिर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कायम गरेकोले विधानको धारा ३७ को १४ बमोजिम वरिष्ठ उपाध्यक्ष खड्कालाई आगामी साधारणसभा सम्मका लागि निलम्बन गरिएको’ कुरा एन्फा प्रवक्ता सुरेश साहद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ ।
पत्र पनि हेर्नुहोसः

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)