काठमाडौं । एएफसी च्यालेञ्ज लिगतर्फ समूह चरणको अन्तिम खेलमा नेपालका मणि कुमार लामा सम्मिलित भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबले बराबरी खेलेको छ ।
च्यालेञ्ज लिगको पश्चिम क्षेत्रतर्फको प्रतिस्पर्धातर्फ समूह ए मा रहेको घरेलु टोली पारोले खेलेको कुल तीन मध्ये शुक्रबार भएको आफ्नो अन्तिम खेलमा किर्गिस्तानको एफसी अब्दिश आतासँग ३–३ गोलको बराबरी खेलेको हो ।
पारोले यसअघि आफ्नो पहिलो खेलमा ओमानको अल–शबाबसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा तुर्कमेनिस्तानको एटलिन असिरसँग ३–१ ले पराजित भएको थियो ।
मणिले समूह चरणतर्फ पहिलो खेलमा शुक्रबार अन्तिम खेलमा पारोका लागि पहिलो रोजाई मै रहेर खेलेका थिए । शुक्रबार बराबरीका बावजुद पारो भने समूह चरणबाटै बाहिरिएको छ ।
समूह ए मा तीन खेलबाट ९ अंक जोडेको अल–शबाब शिर्ष स्थानमा रह्यो । ६ अंक जोडेको एटलिन दोस्रो स्थानमा रहँदा समान १–१ अंक जोडेका एफसी अब्दिश र पारो क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट