News
केराबारी र आयोजक युनाइटेड आहाले प्रथम आहाले कपको सेमिफाइनलमा
केराबारी । केराबारी फुटबल क्लब र आयोजक युनाइटेड आहाले युथ क्लब जारी प्रथम आहाले कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ केराबारीले सतिसाले स्र्पोटिङ क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । खेलमा केराबारीका प्रबेश बस्नेत म्यान अफ दि म्याच बने ।
त्यस्तै चौथो क्वाटरफाइनलमा आयोजक युनाइटेड आहालेले बिमिरे प्रगगिशील युवा क्लबलाई ४–२ ले हराउँदै सेमिफायनलमा स्थान बनायो । खेलमा युनाइटेड आहालेका उमेश कार्की म्यान अफ दि म्याच बने ।
युनाइटेड आहाले युथ क्लब र आहाले सामुदायिक वन, केराबारी–६, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ६५५५५ र उपबिजेताले ३५५५५ प्राप्त गर्नेछ ।
Post Comments