News
एन्फा प्रेसिडेन्ट लिगः बिजय र लालीगुराँसको बराबरी
हेटौडा । बुधबारदेखि शुरु भएको एन्फा प्रेसिडेन्ट लिगतर्फ दोस्रो खेलमा कैलालीको विजय स्पोर्टस क्लब र कास्कीको लालीगुराँस (एलजी) एसोसिएसन क्लबले बराबरी खेलेका छन् ।
हेटौडा–६, मकवानपुर स्थित गौरीटार रंगशालामा भएको दिनको दोस्रो खेलमा विजय स्पोर्टस र लालीगुराँसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा सुरज जिउ ठकुरी म्यान अफ दि म्याच बने ।
स्मरण रहोस, बुधबार नै भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब, काठमाडौंले देउराली युथ क्लब, धनकुटालाई ४–१ ले हराउँदै विजयी शुरुवात गरेको थियो ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments