News चौथो कार्तिकेय कुमार गोल्डकप शुरु, पर्सा राईडरको विजयी शुरुवात
गोलनेपाल

कर्जन्हा । बुधबारदेखि शुरु भएको चौथो कार्तिकेय कुमार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा पर्सा राईडर एफसी, बिरगंज, पर्साले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा पर्सा राईडरले धरान सिटी एफसी, सुनसरीलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । पर्सा राईडरको जितमा अजित चौधरी र सुदिप पाख्रीनले गोल गरे । खेलको म्यान अफ दि म्याच पर्सा राईडर कै अजित चौधरी बने । उनले पुरस्कार वापत नगद २१०० र ट्रफी हात पारे ।

यो जितसँगै पर्सा राईडर सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत कार्तिक २० गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल बागमती प्रदेश प्रहरी तालिम केन्द्र, सिन्धुली र डाँगीहाट एफसी, बेलबारी, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना र बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २६ गतेका दिन हुनेछ ।

Post Comments