पथरी । सिराहाको सलहेस युवा क्लव `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२´ को फाईनलमा प्रबेश गरेको छ । सलहेस सिराहाले पाँचथरको पाँचथल क्लव फिदिमलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । सिराहाको जितमा रोहन कार्कीले २ गोल गरे भने रोहन भुजेर र कमल खवासले १/१ गोल गरेका छन ।
खेलको सबै गोल दोस्रो हाफमा भएको छ । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । निकै प्रतिस्पर्दात्म खेलमा सिराहा सलहेसको रोहन कार्कीले खेलको ६६ औ मिनेटमा खाता खोलेका थिए । सिराहाको जितको खुसी साट्न नपाउदै ७० औं मिनेटमा पाँचथरका अभिशेक लिम्बुले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यस पछि अन्य गोल गर्न नसक्दा पाँचथर बाहिरिनु पर्यो ।
७० औं मिनेटमा अभिशेकको गोल संगै खेलमा बिबाद बढ्यो । खेलाडी र दर्शक विचको बिबादले खेल ३ मिनेट रोकियो । बिबाद पछि पुर्न संचालन भएको खेलको ७७ औं मिनेटमा रोहन भुजेलले गोर्ल गर्दा पाँचथर स्तब्द बन्यो । एक गोलले पछि परेको पाँचथर विरुद्व खेलको ७८ औं मिनेटमा रोहन कार्की र ८४ औं मिनेटमा कमल खवासले गोल गर्दै खेल ४-१ को अग्रता बनाए । पहिलो हाफ गोल रहित बराबरी खेलेको पाँचथरले लय गुमाउदा हार बेहोर्नु पर्यो । दोस्रो हाफमा एक पछि अर्को गोल गर्दै सलहेस सिराहाले फाईनलमा आफुलाई सुरक्षित गरेको छ ।
खेलको म्यान अफ दि म्याच सलहेस सिराहाका दुई गोलकर्ता रोहन कार्की घोषित हुदै नगद ५ हजार प्राप्त गरे । सिराहाले गोल गरे पनि २२ गते हुने फाईनल खेलमा भोलि हुने दोस्रो सेमिलाईनको विजेता संग प्रतिस्पर्दा गर्ने छ । भोली बुधबार दोस्रो सेमिफाईन खेल आयोजक पथरी ११ र एन आर टि काठमाडौं बिच हुने छ ।