काठमाडौं । “हाम्रो बुट थन्किएका छन्, हाम्रो खेल्ने अधिकार खै?” बिहीबार नेपाल फुटबल खेलाडी संघले आव्हान गरेको एन्फा विरुद्धको धर्ना कार्यक्रममा उपस्थिति एक जनाले बोकेको प्ले कार्डमा लेखिएको वाक्य हो यो ।
नेपाली फुटबलको मेरुदण्डका रुपमा रहेको शहिद स्मारक ए डिभिजन लिग यस वर्ष पनि नहुने भएपछि खेलाडीहरुले त्यसका विरुद्ध आवाज उठाउँदै बिहीबार सडकमा उत्रिन बाध्य बनेका हुन् ।
सातदोबाटो स्थित एन्फा मुख्यालयको मूल गेटमा धर्ना दिन पुगेका खेलाडीहरुलाई फुटबल सर्मथकहरुको पनि बाक्लो साथ र समर्थन रहेको थियो । सोही क्रममा खेलाडीहरुले खेलेरै जितेको मेडल एन्फाको मूल गेटमा झुण्ड्याईदिएका थिए ।
खेलाडी संघका अध्यक्ष तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी बिक्रम लामाले नेतृत्व गरेको धर्ना र विरोध कार्यक्रममा बिकेश कुथु, बिराज महर्जन, रुपेश केसी, रोहित चन्द जस्ता खेलाडीहरुको पनि उपस्थिति रहेको थियो । धर्नामा आएका धेरैले एन्फामा पारदर्शिता र जवाफदेहिताको माग समेत राखेका थिए ।
स्मरण रहोस, एन्फाले यस वर्ष राष्ट्रिय लिग मात्र आयोजना गर्ने र अर्को वर्षदेखि होम एण्ड अवेका आधारमा ए डिभिजन लिग गर्ने सम्बन्धित क्लबहरुसँग सहमति बनाएसँगै त्यसको चौतर्फी विरोध र आलोचना भईरहेको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान