News
अर्जुनधारा १ बन्यो वडास्तरीय भेट्रान फुटबलको च्याम्पियन
शनिश्चरे (झापा) । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ को टोलीलाई स्तब्ध पार्दै १ नम्बर वडा यहाँ आयोजित मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आज भएको फाइनल खेलमा अर्जुनधारा ११ लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै अर्जुनधारा १ ले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । जितसँगै विजेता टिम अर्जुनधारा १ ले नगद ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ । विजेताको नगद पुरस्कार मचिन्द्र सुब्बाको परिवारबाट सौजन्य भएको हो ।
त्यसैगरी, उपजिेता अर्जुनधारा ११ ले नगद ३१ हजारसहित ट्रफीमा चित्त बुझाएको छ । उपविजेताको पुरस्कारसुखानी शहीद स्मृति प्रतिष्ठान नेपालबाट सौजन्य भएको हो ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी विक्रम गोले (अर्जुनधारा १), उत्कृष्ट गोलरक्षक सुवास राई (अर्जुनधारा १), उत्कृष्ट रक्षक रञ्जित राई (अर्जुनधारा १), उत्कृष्ट मिडफिल्डर टेकराज तिलीङ (अर्जुनधारा ११), उत्कृष्ट फरवार्ड समिर सुब्बा (अर्जुनधारा १), उत्कृष्ट प्रशिक्षक उपेन्द्र बस्नेत (अर्जुनधारा १), सर्वाधिक गोलकर्ता बाबुराम धिमाल (अर्जुनधारा ११) र फाइनल खेलको उत्कृष्ट खेलाडी युवराज गिरी (अर्जुनधारा ११) भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, विभिन्न विधागत उत्कृष्ट खेलाडी र फाइनल खेलको उत्कृष्ट खेलाडीले नगद पुरस्कार क्रमशः तीन हजार पाँच सय, जनही दुई हजार पाँच सय र एक हजार पाँच सयसहित ट्रफी प्राप्त गरेका थिए ।
आयोजक गोलधाप युवा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षद्वय कुमारप्रसाद उप्रेती र खगेन्द्र इङनाम, कार्यपालिका सदस्य गौरीमाया चिमरिया, जिल्ला प्रशासन कार्यालय झापाका शाखा अधिकृत रुपक काफ्ले, सशस्त्र प्रहरी बल शनिश्चरे बेस प्रमुख प्रहरी नायव उपरीक्षक गंगादत्त पन्त, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, फिफा रेफ्री श्याम दनुवारलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।
सोही कार्यक्रममा दाता मचिन्द्र सुब्बाका भाइ एवम् अर्जुनधारा नगर सभा सदस्य बुद्घिमान लिम्बू, प्रतियोगितामा सहभागी ज्येष्ठ भेट्रान खेलाडी अर्जुनधारा २ का कुमार सापकोटालगायतलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपक ढुंगानाले गरेका थिए ।
यता सोही दिन सम्पन्न अर्जुनधारा नगरपालिका जनप्रतिनिधि–कर्मचारी समूहले मैत्रीपूर्ण खेलमा अर्जुनधारा प्रेस क्लबलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।
जनप्रतिनिधि–कर्मचारी समूहको जीतका लागि उपेन्द्र बस्नेत र विमल मोहोराले गोल गरेका थिए । जितसँगै विजेता टिमले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरेको छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा