News
सहज जितका साथ आर्मी दोस्रो स्थानमा उक्लियो
काठमाडौं । महिला लिगमा अर्को विभागीय टोली त्रिुभवन आर्मी क्लबले पनि सोमबार सहज जित दर्ता गर्दै लिगतालिकाको दोस्रो स्थानमा उक्लियो । एन्फा कम्प्लेक्स मै भएको खेलमा आर्मीले बिराटनगर महानगरपालिका, मोरङमाथि ७–० को जित हात पार्यो ।
आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । त्यस्तै बिमला चौधरीले दुई गोल गरिन् भने रश्मी घिसिङ र बिमला बिकको नाममा एक–एक गोल रह्यो । प्लेयर अफ द म्याच आर्मीकी ह्याट्रिककर्ता शर्मिला थापा घोषित भईन् ।
यो जितसँगै ५ खेलबाट १० अंक जोडेको आर्मी लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । र एक खेल बढी खेलेको एपिएफ भन्दा ८ अंकले पछाडी छ । उता पराजित बिराटनगर भने ५ खेलबाट ७ अंकका साथ चौथो स्थानमा छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै