News चर्च ब्वाईजले सिक्किमा प्रतिष्ठित गर्भनर्स गोल्डकप खेल्ने
गोलनेपाल

काठमाडौं । नेपालको लिग च्याम्पियन रहेको चर्च ब्वाईज युनाइटेड फुटबल क्लबले भारतको सिक्किममा हुने प्रतिष्ठित अल इण्डिया ४१औं गभनर्स गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

सिक्किमको गाङतोक स्थित पाल्जोर रंगशालामा हुने प्रतियोगितामा चर्च ब्वाईजले भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्नेछ । अर्थात चर्च ब्वाईजले आफ्नो खेल नोभेम्बर २३ तारीखका दिन खेल्नेछ ।

प्रतियोगितामा सिक्किम, तिब्बतको टोलीसहित इण्डियन सुपर लिग क्लबन र्थ ईष्ट युनाइटेड, आई लिग क्लबहरु नेरोका र राजस्थान युनाइटेडले पनि सहभागिता जनाउँदैछन् । फाइनल खेल भने २९ नोभेम्बरका दिन हुनेछ ।

 

Post Comments