News सुविलको ह्याट्रिकले वडा १६ क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौँ । गत विजेता वडा १६ ले वडा २० लाई ३–० ले हराएर प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

सोही दिन वडा ११, वडा ४, वडा ३ पनि आआफ्नो खेल जितेर अन्तिम आठमा पुगे । वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइसकेको प्रतियोगिताअन्तर्गत बुधबार वडा १६ ले वडा २० लाई ३–० ले हरायो । सो खेलमा सुबिल श्रेष्ठले ह्याट्रिक गरे । सुबिल नै म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी वडा ११ ले वडा ५ लाई ३–१ ले पराजित गर्यो । विजयी टिमका लागि विराज महर्जनले दुई तथा शंख आलेले एक गोल गरे । विराज म्यान अफ दि म्याच चुनिए । वडा ४ ले क्वाटरफाइनलमा स्थान बनाउन वडा ८ लाई २–० ले निराश पार्यो । वडा ४ का लागि प्रसिद्ध मगर र म्यान अफ दि म्याच सुविन थापा मगरले गोल गरे ।

यसैगरी वडा ३ ले वडा २६ को चुनौती ३–२ ले पन्छायो । वडा ३ का लागि रोसिस्की शाही, अमृत र आर्यन शर्माले गोल गरे । अमृतले आत्मघाती गोल पनि गरेका थिए । वडा २६ का लागि नितेशले गोल गरे ।

बिहिबार पहिलो क्वाटरफाइनलमा वडा १३ ले वडा २४ को सामना गर्नेछ । सोही दिन वडा १४ ले वडा ६, वडा ४ ले वडा ३ तथा वडा ११ ले वडा १६ विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments