News इतिहादको शानदार जितमा प्रितीको गोल
गोलनेपाल

काठमाडौं । जोर्डनको शिर्ष महिला लिगमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार मिडफिल्डर प्रिती राईको टोली इतिहाद क्लबले लिगमा अर्को उत्कृष्ट जित हात पारेको छ ।

जोर्डन महिला प्रो लिगतर्फ इतिहादले फयुचर नशामा फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले हरायो । टोलीको जितमा प्रितीले पाँचौं गोल गरिन् । लिगमा प्रितीको यो दोस्रो गोल थियो भने क्लबका लागि समग्रमा गोलका रुपमा रह्यो ।

यो जितसँगै उत्कृष्ट लयमा समेत रहेको इतिहाद हाल लिगतालिकाको शिर्ष स्थानमा समेत रहेको छ ।

Photo: Etihad Club

Post Comments