काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीको मुख्य तथा सहायक प्रशिक्षककहरुको नियुक्ती गरेको छ ।
महिला टोलीको मुख्य प्रशिक्षकमा बिक्रम महर्जन चियुक्त भएका छन । सहायक प्रशिक्षकमा भने नरेश श्रेष्ठ नियुक्त भएका छन् । यी दुईले आगामी जनवरी १३ देखि २६ तारीखसम्म थाइल्याण्डमा हुने पहिलो साफ महिला फुटसल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला फुटसल टोलीको जिम्मेवारी सम्हाल्ने छन् ।
त्यस्तै पुरुष फुटसल टोलीको मुख्य प्रशिक्षकमा अनिल बहादुर गुरुङ नियुक्त भएका छन् भने सहायक प्रशिक्षक सरोज कुमार थापा क्षेत्री नियुक्त भएका छन् । यी दुईले पनि आगामी जनवरी १३ देखि २६ तारीखसम्म थाइल्याण्ड मै हुने पहिलो साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला फुटसल टोलीको जिम्मेवारी सम्हाल्ने छन् ।
नियुक्त भएका चारै प्रशिक्षकहरुलाई एन्फा मुख्यालयमा एक कार्यक्रमका बीच एन्फा महासचिव किरन राईले नियुक्तीपत्र हस्तान्तरण गरेका थिए ।