बुटवल । जेन्जी युवाहरुको समूह मिली स्थापित ल्याड बेसक्याम्प, बुटवल, रुपन्देहीको आयोजनामा बैशाख ४ गते शुक्रबारदेखि स्व. मञ्जिल गुरुङ स्मृति ल्याड बेसक्याम्प खुला फुटसल प्रतियोगिता शुरु भएको छ ।
बुटवल–८, सुख्खानगर स्थित एडरिक फुटसलमा भएको प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएको प्रचार प्रसार संयोजक रमित मगरले जानकारी दिए । त्यस्तै दोस्रो चरणका खेलहरु, सेमिफाइनल, फाइनल खेल र समापन बैशाख ५ गते शनिबार हुने प्रचार प्रसार संयोजक रमित मगरले बताए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन दिवंगत मञ्जिल गुरुङका अंकल तथा रामनगर गुम्बा, बुटवलका गुरु (लामा) ईश्वर गुरुङ, विशिष्ठ अतिथी सह–प्रायोजकद्वय अमृत पाण्डे, बालकृष्ण सर, अतिथी सयपत्री युवा क्लब, बुटवलका सचिव निरज गुरुङ, अतिथीद्वय प्रविन मगर, बिग एजुकेशनका निर्देशक प्रमित बज्राचार्य, आयोजक क्लबका कार्यक्रम संयोजक तथा व्यवस्थापक रोहन राना मगर लगायतले संयुक्त रुपमा गरेका थिए ।
दुई दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोहन राना मगरले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा कुल २४ टोलीहरु सहभागि छन्