बुटवल । ल्याड बेसक्याम्प, बुटवल, रुपन्देहीको आयोजनामा सम्पन्न स्व. मञ्जिल गुरुङ स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि मणिग्राम युनाइटेड, तिलोत्तमाले जितेको छ ।
शनिबार एडरिक फुटसलमा सम्पन्न फाइनलमा मणिग्रामले आयोजक ल्याड बेसक्याम्प, बुटवललाई २–० को अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको मणिग्राम युनाइटेडले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता आयोजक ल्याड बेसक्याम्पले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक दिशान्त दर्लामी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार महेन्द्र पाण्डेले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी विजेता टोली मणिग्राम युनाइटेडका सरोज पनेरु घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी दिवंगत मञ्जिल गुरुङका अंकल तथा रामनगर गुम्बा, बुटवलका गुरु (लामा) ईश्वर गुरुङ, विशिष्ठ अतिथी सह–प्रायोजकद्वय अमृत पाण्डे, बालकृष्ण सर, अतिथी सयपत्री युवा क्लब, बुटवलका सचिव निरज गुरुङ, अतिथीद्वय प्रविन मगर, बिग एजुकेशनका निर्देशक प्रमित बज्राचार्य, आयोजक क्लबका कार्यक्रम संयोजक तथा व्यवस्थापक रोहन राना मगर लगायतले पुरस्कृत गरेका थिए ।
बैशाख ४ र ५ गतेका दिन गरी आयोजना गरिएको दुई दिने फुटसल प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक तथा आयोजक क्लबका अध्यक्ष रोहन राना मगरले बताए ।