News शहिद स्मारक सी डिभिजन लिग छनौटका लागि हेटौडामा व्यस्त नेपालगञ्ज–११
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । बाँके जिल्लाको उत्कृष्ट टिममध्ये गनिएको नेपालगञ्ज–११ फुटबल क्लब आगामी सहिद स्मारक सी डिभिजन लिग छनोट खेल्नका लागि हेटौंडामा बन्द प्रशिक्षणमा रहेको छ। क्लबले यस वर्ष सी डिभिजनमा प्रवेश गर्ने मुख्य लक्ष्यसहित करिब एक महिनादेखि हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा कठोर प्रशिक्षण सञ्चालन गर्दै आएको छ। 

क्लबका अध्यक्ष घनश्याम थापाका अनुसार बलियो टिम निर्माण र परिणाममुखी खेल प्रदर्शनका लागि यो वर्ष प्रशिक्षणलाई विशेष प्राथमिकता दिइएको छ। उनी भन्छन्, “यस वर्ष कुनै पनि हालतमा सी डिभिजनमा प्रवेश गर्ने हाम्रो लक्ष्य हो । त्यसका लागि हेटौंडामा दैनिक तालिम, फिटनेस र टेक्निकल ड्रिलहरू अत्यन्तै अनुशासित रूपमा भइरहेको छ।”

Post Comments