News ताप्लेजुङमा सम्पन्न मेरिङदेन कपको आय–व्यय सार्वजनिक, क्लबमा २ लाख ३० हजार मौज्जात
गोलनेपाल

मेरिङदेन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङमा कात्तिक ७ देखि १२ गतेसम्म सञ्चालन भएको पाँचौँ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरुष फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।

पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताका लागि विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट जम्मा ९ लाख ३३ हजार ३८० रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ।

प्रतियोगिता सञ्चालनमा ७ लाख ३ हजार ३६४ रुपैयाँ खर्च भएको र क्लबमा २ लाख ३० हजार १६ रुपैयाँ मौज्जात रहेको जानकारी क्लबका अध्यक्ष सुजन लिम्बुले दिएका छन्।

दिपावलीको अवसर पारेर कात्तिक ७ गतेदेखि सुरु भएको प्रतियोगिता कार्तिक १२ गते भव्यताका साथ सम्पन्न भएको थियो। प्रतियोगितामा तेह्रथुम, ताप्लेजुङ र पाँचथरका गरी कुल १० टिम सहभागी भएका थिए।

Post Comments