News बागलुङमा तेस्रो मेमोरियल रनिङ शिल्ड हुने
गोलनेपाल

बागलुङ । “खेलकुदको पहिचान, एकताको अभियान” भन्ने नाराका साथ बागलुङ एकता क्लब, बागलुङको आयोजनामा आउँदो माघ १३ देखि १७ गतेसम्म तेस्रो मेमोरियल रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको माघ १२ गतेसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १२ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताबारे थाप जानकारीका लागि सम्पर्क नम्बरहरु 9847610049, 9857620011, 9857644216, 9847671717 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

 

 

Post Comments