News कोड हिमालयलाई तेस्रो कर्पोरेट फुटसलको उपाधि
गोलनेपाल

काठमाडौं । उत्कृष्ट जितका साथ शनिबार सम्पन्न तेस्रो कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि कोड हिमालयले जितेको छ । धनयन्तरी फुटसलमा भएको फाइनलमा कोड हिमालयले इसेवा लिमिटेडलाई ६–१ को फराकिलो अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

एनआरएस स्पोर्टस फाउण्डेशनको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेको कोड हिमालयले उपाधिसहित नगद १ लाख हात पार्दा उपविजेता इसेवा लिमिटेडले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

लिगकम नकआउटका आधारमा सम्पन्न भएको एक दिने फुटसल प्रतियोगितामा कर्पोरेट क्षेत्रका कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments