News
स्व. आलोक भण्डारी र संजिव गिरी स्मृति दोस्रो चन्द्रगढी कपको तयारी पूरा (खेलतालिकासहित)
भद्रपुर । चन्द्रगढी युवा क्लब, भद्रपुर, झापाको आयोजनामा यही मंसिर ११ गतेदेखि शुरु हुन गईरहेको स्व. आलोक भण्डारी र संजिव गिरी स्मृति दोस्रो चन्द्रगढी कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । उद्घाटन खेलमा मंसिर ११ गतेका दिन बेतना युनाइटेड क्लब, मोरङ र न्यु स्टार क्लब, खोपबाडी भिड्ने छन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर २० गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेता, उपविजेता टोली तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा