News स्पोर्टस् क्यासललाई फुटसल उपाधि
उमेश पुन

पोखरा । आयुष–अनुदीपको आयोजनामा पोखरामा सम्पन्न प्रथम एमेच्योर मिजास फुटसल प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ ।

पोखरा महानगरपालिका–४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेलमा सिमपानी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्यासलले उपाधि जितेको हो । क्यासलको जीतमा प्रशन्न श्रेष्ठ र रोशन लिम्बुले १–१ गोल गरे ।

विजेता टिम क्यासलले उपाधिसँगै शिल्ड, मेडल सहित नगद रु २० हजार हात पार्यो भने उपबिजेता टिम सिमपानी एफसीले शिल्ड, मेडल सहित नगद रु १० हजारमा चित्त बुझायो ।

कुल ३८ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा क्यासलका प्रशन्न श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै उपविजेता सिमपानीका विपिन भण्डारी उत्कृष्ट गोलरक्षक बने ।

Post Comments