News
झापा महिला गोल्डकप विजेता पुलिस टोलीलाई अतिरिक्त महानिरीक्षक शाहद्वारा भेटघाट र विशेष सम्मान
काठमाडौं । झापा महिला गोल्डकप समितिको आयोजनामा मिति २०८२÷०७÷१७ गतेदेखि २४ गतेसम्म दुधे रंगशाला, शिवसताक्षी, झापामा सञ्चालन भएको “प्रथम झापा महिला गोल्डकप“ मा प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरी महिला फुटबल टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई विशेष सम्मान र प्रोत्साहन दिइएको छ ।
पुलिस टोलीलाई एक कार्यक्रमका बीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य –सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहले बधाई दिंदै विशेष सम्मानका साथ आगामी दिनहरुमा थप सफलताको शुभकामना दिएका थिए ।
स्मरण रहोस, फाइनलमा पुलिसले अर्को विभागीय टोली तथा दावेदार रहेको एपिएफ फुटबल क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
Post Comments
Related News