News झरना बन्यो चौथो समपुर्ण कपको च्याम्पियन
सुरज राना मगर

सुपौली । रुपन्देहीमा सम्पन्न स्व. लालबहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि झरना स्पोर्टस क्लब, कुञ्जलापुरले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा झरनाले साविक विजेता सिम्रिक युवा क्लब, बुटवललाई ३–२ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । झरनाको जितमा राम थापाले दुई गोल गर्दा अर्को एक गोल बिक्की चाम्लिङ राईको नाममा रह्यो । उता सिम्रिकका लागि भने सन्दिप चौधरी र अभिषेक महतोले गोल गरे ।

विजेता बनेको झरनाले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्यो भने उपविजेता सिम्रिकले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

विधागततर्फ पनि झरना कै वर्चश्व रह्यो । झरनाका राम थापा फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उत्कृष्ट गोलरक्षक पनि झरना कै टोप राना बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार झरनाका बिक्की चाम्लिङ राईले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि झरना कै जितेश गुरुङ घोषित भए ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जगेश्वर देवी चौधरी, मुख्य प्रायोजक हिराकुमारी पुन, आयोजक समपुर्ण युवा क्लबका अध्यक्ष अबिर पुन पाईजा लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments