News
लमजुङमा छैटौं नगर कप हुने
बेसीशहर । नगर खेलकुद विकास समिति, बेसीशहर, लमजुङको आयोजनामा छैटौं नगर कप वार्डस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
बेसीशहर–७, सहजी स्थित सहजी खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
बेसीशहर नगरपालिका, लमजुङको मुख्य प्रायोजक रहने प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments