News
वालिङको जितमा अफ्रिकी खेलाडीहरु चम्किए
काठमाडौं । राष्ट्रिय महिला लिगतर्फ वालिङ नगरपालिका, स्याङ्जाले प्रतियोगिताको दोस्रो जित दर्ता गर्दा टोलीका लागि दुई अफ्रिकी खेलाडीहरु चम्किएका छन् ।
वालिङले मंगलबार चन्द्रपुर नगरपालिका, रौतहटलाई ३–० ले हरायो र लिगतालिकामा स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङका लागि ३७औंं मिनटमा भेनेसा नोलेले फ्रिकिकबाट सुन्दर गोल गर्दै स्याङ्जाली टोलीलाई खेलमा अग्रता दिलाएकी थिईन् ।
त्यस्तै मेथो इलुडी रुथले ४५ र ५३औं मिनटमा दुई गोल थप्दै वालिङको जित पक्का गरेकी थिईन् । यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको वालिङ लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । उता पराजित चन्द्रपुर भने ३ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै