News वालिङको जितमा अफ्रिकी खेलाडीहरु चम्किए
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला लिगतर्फ वालिङ नगरपालिका, स्याङ्जाले प्रतियोगिताको दोस्रो जित दर्ता गर्दा टोलीका लागि दुई अफ्रिकी खेलाडीहरु चम्किएका छन् ।

वालिङले मंगलबार चन्द्रपुर नगरपालिका, रौतहटलाई ३–० ले हरायो र लिगतालिकामा स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङका लागि ३७औंं मिनटमा भेनेसा नोलेले फ्रिकिकबाट सुन्दर गोल गर्दै स्याङ्जाली टोलीलाई खेलमा अग्रता दिलाएकी थिईन् ।

त्यस्तै मेथो इलुडी रुथले ४५ र ५३औं मिनटमा दुई गोल थप्दै वालिङको जित पक्का गरेकी थिईन् । यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको वालिङ लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । उता पराजित चन्द्रपुर भने ३ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

Post Comments