News
इण्डोनेसियासँग उसकै घरमा स्तब्ध नेपाल
काठमाडौं । बुधबारदेखि शुरु भएको तीन देशीय महिला सिरिज अन्तर्गत आफूभन्दा तल्लो वरियताका रुपमा रहेको १०६औं वरियताको इण्डोनेसियाले ८९औं वरियतामा रहेको नेपाललाई हराएको छ ।
इण्डोनेसिया कै घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले २–१ को स्तब्धपुर्ण हार बेहोरेको हो । आफ्ना नियमित फरवार्ड साबित्रा भण्डारी बिना उत्रिएको नेपाली टोलीको अग्रपंक्तिमा साबित्राको अभाव खड्किएको स्पष्ट देखिन्थ्यो ।
नेपालले खेलमा विपक्षी टोलीको आत्मघाती गोलबाट खेलमा अग्रता बनाए पनि त्यो अग्रता दोस्रो हाफमा गुमाउन पुग्यो र अन्तिममा घरेलु टोलीलाई नै नतिजा सुम्पिन पनि बाध्य बन्यो ।
सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी ४२औं वरियताको चाइनिज ताइपेईसँग खेल्नेछ ।
Post Comments
Related News