News
एएफसी यु–१७ एसियन कप छनौटतर्फ नेपाल तेस्रो खेलमा पनि पराजित
काठमाडौं । म्यानमार जारी एएफसी यु–१७ एसियन कप छनौटतर्फ समूह जी मा रहेको नेपालले समूह चरणतर्फ आफ्नो लगातार तेस्रो खेलमा पनि निराशाजनक हार बेहोरेको छ ।
पहिलो खेलमा सिरियासँग ४–२ र दोस्रो खेलमा आयोजक म्यानमारसँग ४–० को हार बेहोरेको नेपालले बुधबार तेस्रो खेलमा ओमानसँग ५–० ले निरीह बन्न पुग्यो । यो लगातार तेस्रो हारसँगै अंकविहीन रुपमा पुछारमा रहेको नेपाल एक खेल अगावै समूह चरणबाट बाहिरिएको छ ।
समूह जी कै अर्को खेलमा बुधबार सिरियाले अफगानिस्तानलाई ३–१ ले हरायो । एउटै खेल जित्न नसकेको अफगानिस्तान पनि अंकविहीन छ र समूह चरणबाट नेपालसँगै बाहिरिएको छ ।
अब नेपालले र अफगानिस्तानले समूह चरणको अन्तिम खेलका रुपमा २८ नोभेम्बरका दिन आपसमा भिड्ने छन् । जुन खेल दुवै टोलीको प्रतिष्ठाको भिडन्त पनि हुनेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट