News म्याग्दीमा दोस्रो ब्रदर्श टिल डेथ खुला फुटसल पुष अन्तिम साता हुने
गोलनेपाल

बेनी । खेलकुद र सामाजिक कार्यमा सक्रिय युवाहरुको समूहद्वारा स्थापित ब्रदर्श टिल डेथ, बेनी, म्याग्दीको आयोजनामा दोस्रो ब्रदर्श टिल डेथ फाईभ ए साईड खुला फुटबसल प्रतियोगिता आगामी पुष २६ र २७ गतेका दिन हुने भएको छ ।

बेनी फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारी र टिमदर्ता प्रक्रिया पनि शुरु भईसकेको खेल संयोजक दिप्सन बुढाथोकीले जानकारी दिए । साथै प्रतियोगिताको टिमदर्ता शुल्क ५००० तोकिएको पनि खेल संयोजक बुढाथोकीले जानकारी गराए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष आशेक केसीले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बर 9748762001, 9847702933 हरुमा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Post Comments