चासोक तङनामको अवसरमा आयोजित कन्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगितामा मैवाखोला गाउँपालिकाको टिमले विजयी सुरुवात गरेको छ ।
ताप्लेजुङको फुङलिङस्थित भानुजन माविको खेलमैदानमा आजदेखि सुरु गोल्डकपमा सिरिजंघा गाउँपालिकालाई २-० गोलअन्तरले पराजित गर्दै मैवाखोलाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । मैवाखोलाका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । खेलको ७१औँ मिनेटमा मैवाखोलाकी नानुमा लिम्बूले गोल गर्दै अग्रता दिलाएकी थिइन् । यस्तै, ८२औँ मिनेटमा बिर्सना लिम्बूले गोल गर्दै अग्रता दिलाइन् । मैवाखोलाकी बिर्सना लिम्बू प्लेयर अफ दि म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । उनलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावोले नगद प्रदान गरे ।
चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा जिल्लाका आठ वटा पालिकाको सहभागिता रहेको छ । भोलि (आइतबार) पाथीभरा याङवरक र आठराई त्रिवेणी गाउँपालिकाबीच खेल हुनेछ ।
मंसिर २० गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २ हजार ८२ सहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख २ हजार ८२ मा चित्त बुझाउनु पर्नेछ । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद ५ हजार पाउँदा विधागत पुरस्कारतर्फ नगद ८ हजार प्रदान गरिने आयोजक समितिका अध्यक्ष चन्द्र थेवेले जानकारी दिएका छन्। सर्वाेत्कृष्ट खेलाडीले नगद १० हजार पाउने छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई