News
सिरिजङ्गा स्पोर्टिङ क्लब फाइनलमा
माङसेबुङ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंसिर १३ गते सम्पन्न १८औं संस्करणको आत्मानन्द गोल्डकपको पहिलो सेमिफाइनलमा पथरीशनिश्चरे नगरपालिकाको सिरिजङ्गा स्पोर्टिङ क्लबले झापाको दुधे युथ क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। शिवसताक्षी नगरपालिकाको दुधे युथ क्लब गत वर्षको विजेता टोली थियो।
पहिलो हाफमा दुधेका निमा लामाले १९औं मिनेटमा गोल गर्दै टोलीलाई प्रारम्भिक अग्रता दिलाए। तर दोस्रो हाफमा दुधे उक्त अग्रता जोगाउन असफल रह्यो। खेलको ४३औं मिनेटमा सिरिजङ्गाका सञ्जय घिमालले बराबरी गोल गर्दै खेलमा फर्किए। त्यसपछि ५२औं मिनेटमा सौरभ सुब्बाले निर्णायक गोल गर्दै सिरिजङ्गाको फाइनल यात्रा सुनिश्चित बनाए। खेलमा उत्कृष्ट प्रदर्शनका आधारमा सौरभ सुब्बा ‘म्यान अफ द म्याच’ घोषित भए।
मंसिर १४ गते हुने दोस्रो सेमिफाइनलमा झापाको दमक भाङबारी स्पोर्टिङ क्लब र मोरङको लेटाङ फुटबल क्लब आमनेसामने हुनेछ। प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते निर्धारित गरिएको छ।
Post Comments
Related News