News इण्डोनेसियामाथि चाइनिज ताइपेईको फराकिलो जित, अन्तिम खेल नेपाल र ताइपेईबीच हुने
गोलनेपाल

काठमाडौं । इण्डोनेसियामा जारी तीन देशीय महिला सिरिज अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगितातर्फ पहिलो खेलमा नेपाललाई हराएको घरेलु टोली इण्डोनेसिया दोस्रो खेलमा निरीह बनेको छ ।

शनिबार भएको खेलमा ४२औं वरियताको चाइनिज ताइपेईले १०६औं वरियताको इण्डोनेसियामाथि ५–० को एकतर्फी र सहज जित हात पारेको हो । स्मरण रहोस, इण्डोनेसियाले आफ्नो पहिलो खेलमा नेपाललाई २–१ ले स्तब्ध बनाएको थियो ।

अब तीन देशीय महिला सिरिजतर्फको अन्तिम खेलमा आउँदो डिसेम्बर २ तारीख (मंसिर १६ गते) का दिन चाइनिजत ताइपेई र नेपाल भिड्ने छन् ।

Post Comments