रतुवामाई । उत्कृष्ट जितका साथ वार्ड नम्बर १० र वार्ड नम्बर ६ यहाँ जारी चौथो रतुवामाई मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनल खेलतर्फ वार्ड नम्बर १० ले वार्ड नम्बर ३ लाई ५–१ को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो । खेलमा वार्ड नम्बर १० का युवराज बस्नेत म्यान अफ दि म्याच चुनिए ।
आइतबार नै भएको अर्को क्वाटरफाइनल खेलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर १ लाई ५–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । खेलमा वार्ड नम्बर ६ का उपेन्द्र कार्की म्यान अफ दि म्याच घोषित भए ।
नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ किलो चाँदी र १ तोला सुनले बनेको आकर्षक ट्रफीसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल मंसिर १७ गतेका दिन हुनेछ ।