बाग्लुङ । बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा न. एक बाङ्गेचौरको खेलमैदानमा आइतबारबाट बाग्लुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा तेस्रो बाग्लुङ मेयर कप पालिका स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।
भब्य कार्यक्रमकाबिच नगर प्रमुख बसन्त कुमार श्रेष्ठको हातबाट समुद्घाटन भएको उक्त प्रतियोगितामा आइतबार एकखेल सम्पन्न भएको हो। आइतबार बाग्लुङ नगरपालिका निलो र जलजला गाउँपालिका पर्वत बीच प्रतिस्पर्धामा हुँदा पाहुना टोली जलजला गाउँपालिका पर्वतलाई पाॅच शुन्य गोलन्तरले हराउँदै घरेलु टोली बाग्लुङ नगरपालिका निलो सेमिफाइनलमा प्रवेश गरेको छ।
बाग्लुङलाई जित दिलाउनका लागि दिप्लव जिसी, वरदान थापा, सुशील मगर ,सौरब गौतम र आयुष पौडेलले समान एकएक गोल गरेका हुन्। उक्त खेलको म्यान अफ दि म्याच बाग्लुङ नगरपालिका निलोका कप्तान निशान थापा मगर बनेसँगै नगद रु.२००० सहित ट्रफी प्राप्त गरेका छन्।
यस प्रतियोगिताको विजेता हुने टिमले नगद रु. तिन लाख तेत्तिस हजार तिन सय तेत्तिस रुपैयाँ सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद रु दुई लाख बाईस हजार दुई सय बाईस रुपैयाँ प्राप्त गर्नेछ।