अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही डिसेम्बर ५ देखि १० (२०७८ मंसिर १९–२४) सम्म काठमाडौंमा Vatsalya SAFF Club Women’s Championship हुने भएको छ।
दक्षिण एसियाका पाँच देशका महिला लिग विजेता क्लब—APF Football Club (नेपाल), East Bengal FC (भारत), Nasrin Sports Academy (बंगलादेश), Transport United Ladies FC (भुटान) र Karachi City FC (पाकिस्तान)—ले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता राउन्ड–रोबिन माध्यमबाट खेलिनेछ, जसले पहिलो र दोस्रो स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल हुनेछ। विजेताले १० हजार अमेरिकी डलर, उपविजेताले ५ हजार डलर र तेस्रो स्थानले ३ हजार डलर प्राप्त गर्नेछ।
प्रतियोगितामा सहभागी टोलीको ट्राभल, आवास, प्रशिक्षण लगायत सम्पूर्ण व्यवस्थापन एन्फाले गर्नेछ। प्रतियोगिताको मार्केटिङ, ब्रडकास्ट र डिजिटल अधिकार Sushree Media Pvt. Ltd. लाई प्रदान गरिएको छ। मुख्य प्रायोजक Vatsalya Natural IVF तथा सह–प्रायोजक Xtreme Energy Drinks रहेका छन्। प्रतियोगितालाई औपचारिक रूपमा Vatsalya SAFF Club Women’s Championship नामाकरण गरिएको छ।
सबै खेलहरु हिमालयन टिभीमा प्रत्यक्ष प्रशारण हुनेछ टिकट दर सामान्य पारापिटमा रु ३०० र भीआईपी पारापिटमा रु ५०० तोकिएको छ। प्रतियोगिताका लागि एन्फाले रु ३,९५,५७,००० को बजेट प्रस्तुत गरेको छ। एन्फाले प्रतियोगिता सफल बनाउन सबै पक्षको सहकार्यको अपेक्षा व्यक्त गरेको छ।