News साफ महिला क्लब च्याम्पियनसिपमा एपिएफको उत्कृष्ट शुरुवात
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि दशरथ रंगशालामा भएको पहिलो साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको एपिएफ फुटबल क्लबले उत्कृष्ट शुरुवात गरेको छ ।

एपिएफले आफ्नो पहिलो खेलमा बंगलादेशको नसरीन स्पोर्टस एकेडेमीलाई ४–० को अन्तरले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङ र मिना देउवाले समान दुई–दुई गोल गरे । खेलमा एपिएफकी रश्मी कुमारी घिसिङ प्लेयर अफ दि म्याच बनिन् ।

एपिएफले आफ्नो दोस्रो खेल ११ डिसेम्बरका दिन भुटानको ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबसँग खेल्नेछ । ट्रान्सपोर्टले शुक्रबार नै भएको उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल भने २० डिसेम्बरका दिन हुनेछ । विजेताले उपाधिसहित १० हजार अमेरिकी डलर हात पार्नेछ ।

 

Post Comments