News सैनामैना मेयर कपको खेलतालिका सार्वजनिक
सुरज राना मगर

सैनामैना । यहि माघ २४ गतेदेखि शुरु हुन गईरहेको तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराउनुका साथै खेलतालिका पनि सार्वजनिक गरेको हो ।

आयोजकले सार्वजनिक गरेको खेलतालिका अनुसार माघ २४ गतेको उद्घाटन खेल आयोजक जनप्रिय स्र्पोटिङ क्लब र कपिलवस्तु जिल्ला फुटबल संघबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए । प्रतियोगिताका सबै खेलहरु सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा हुनेछन् ।

प्रतियोगितामा रुपन्देही सहित कपिलवस्तु, नवलपरासीका गरि कुल १२ टोलीहरुको सहभागिता रहेको छ । सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्र्पोटिङ क्लबको व्यवस्थापनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष रानाले बताए ।

त्यस्तै प्रतियोगिताको सेमिफाइनलिस्ट दुई टोलीलाई जनही २०–२० हजार प्रदान गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान माउन्टेन बाईक हात पार्ने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आउँदो फागुन ५ गतेका दिन हुनेछ ।

साथै प्रतियोगिताको सबै खेलहरु गोलनेपाल डटकममा प्रत्यक्ष प्रसारण समेत हुनेछ ।

Post Comments