News
नेपालगन्ज र मसुरिया सी–डिभिजन छनोटको सेमिफाइनलमा
काठमाडौं । नेपालगन्ज एघार स्पोर्टिङ क्लब र मसुरिया फुटबल क्लब जारी सी–डिभिजन छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा नेपालगन्ज एघारले उत्कृष्ट प्रदर्शन गर्दै भक्तपुर एफसीलाई २–० ले पराजित गर्यो। खेलका हिरो मदन स्याङ्तान र लक्ष्मण राना रहे, जसको गोलहरूले टोलीलाई सहज जित दिलाउँदै अन्तिम चारमा पुर्यायो।
त्यसैगरी, दोस्रो क्वार्टरफाइनलमा मसुरिया फुटबल क्लब, कैलालीले बुद्धिबिकास खेल मण्डललाई रोमाञ्चक पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। निर्धारित ९० मिनेट बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टीबाट टुंग्याइएको थियो।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)