News
जोर्डन प्रो लिगमा प्रितीको टोली पराजित
काठमाडौं । जोर्डनको शिर्ष महिला लिगमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी चर्चित मिडफिल्डर प्रिती राईको टोलीले लिगमा हार बेहोरेको छ ।
लिगतर्फ प्रितीको टोली इतिहाद क्लबले अम्मान फुटबल क्लबसँग ३–२ को हार बेहोरेको हो । खेलमा प्रितीले पहिलो रोजाई मै रहेर खेलिन् । तर, इतिहाद खेलमा निराश बन्न पुग्यो ।
हारका बावजुद इतिहाद क्लब १७ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता अम्मान एफसी भने १४ अंकका साथ दोस्रो स्थानमा छ ।
Post Comments