News
फाईभ स्टार फाइनलमा, उपाधिका लागि गछियासँग भिड्ने
बुढीगंगा । फाईभ स्टार फुटबल क्लब, सुनसरी यहाँ जारी दोस्रो हात्तीमुढा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलतर्फ फाईभ स्टारले हात्तीमुढा स्र्पोटिङ एकेडेमी, मोरङलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । फाईभ स्टारका लागि दोस्रो हाफको तेस्रो मिनटमा बिक्की चौधरीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
खेलमा निर्णायक गोलकर्ता फाईभ स्टारका बिक्की नै म्यान अफ दि म्याच चुनिए । फाईभ स्टारले अब पुष ५ गते शनिबार हुने फाइनलमा गछिया युवा समाज, मोरङसँग उपाधिका लागि भिड्नेछ ।
हात्तीमुडा स्र्पोटिङ एकेडेमी, बुढीगंगा गाउँपालिका–५, हात्तीमुडा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ ।
Post Comments