News नेपाली यु–२३ खेलाडी शंकर थारु गृहजिल्लामा सम्मानित
गोलनेपाल

बढैयाताल । नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीका प्रतिभावान खेलाडी शंकर थारु सम्मानित भएका छन् । हाल बर्दियामा रहेका शंकर थारुलाई नेपाल खेलकुद महासंघ, बर्दियाले सम्मानित गरेको हो ।

महासंघ कै आयोजनामा जारी आमन्त्रित क्लब फुटबल प्रतियोगिता खेल्न गृहजिल्ला बर्दिया पुगेका शंकरलाई नेपाल खेलकुद महासंघ, बर्दियाका अध्यक्ष कृष्ण कनिया लगायतले खादा, सम्मानपत्रसहित सम्मानित गरेका हुन् ।

सम्मानित भएपछि गृहजिल्लामा पाएको यो सम्मान आफ्ना लागि विशेष रहेको शंकर थारुले बताए । आफू जस्ता खेलाडीहरुलाई यस्ता सम्मानहरुले थप हौसला र प्रोत्साहन मिल्ने उनले प्रतिक्रिया दिए ।

Post Comments