News
रुपन्देहीमा दोस्रो आरकेएफसी कप खुला फुटसल प्रतियोगिता हुँदै
बुटवल । राधाकृष्ण फुटबल क्लब, बुटवल, रुपन्देहीको आयोजनामा यही पुष १२ र १३ गतेका दिन दोस्रो आरकेएफसी कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
तिलोत्तमा–२, योगीकुटी स्थित लुम्बिनी फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि पुष ११ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५०० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक लक्षु सिंजालीले जानकारी दिए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक सिंजालीले बताए ।
साथै प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सबैको साथ, सहयोगको अपेक्षा गरिएको पनि आयोजक क्लबका अध्यक्ष रिम बहादुर सारुले बताए ।
प्रतियोगिताबारे विस्तृत पत्रमा पनि हेर्नुहोसः

Post Comments