News चपरहट्टीले जित्यो नव एकता कपको उपाधि
सुरज राना मगर

दिपनगर । नव एकता युवा क्लब, तिलोत्तमा–८ र प्रदिपनगर टोल विकास संस्था, रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि चपरहट्टी फुटबल क्लबले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा चपरहट्टीले बिवाईसी करौजियालाई ३–० ले हराउँदै उपाधि आफ्नो कब्जामा पारेको हो । चपरहट्टीको जितमा कप्तान अंकित रासकोटीले दुई गोल गर्दा थप एक गोल आशिष रानाले गरे ।

विजेता बनेको चपरहट्टीले उपाधिसहित नगद ५० हजार हात पार्दा उपविजेता बिवाईसी करौजियाले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । चपरहट्टीका अंकित रासकोटी फाइनल खेलको म्यान अफ द म्याच बने ।

अन्य विधागततर्फ प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बिवाईसी करौजियाका जितेश गुरुङ घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताको पुरस्कार क्रमशः चपरहट्टीका बिशाल घर्ती मगर, सन्दिप थापा र अशोक घर्ती मगरले हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, विशिष्ठ अतिथी तिलोत्तमा–८ का वार्ड अध्यक्ष कृष्ण प्रसाद पौडेल, आयोजक संस्थाकी अध्यक्ष गोमा रिजाल, खेल संयोजक निरज पुन लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments