News
सुनौली र लुम्बिनी खुकुरी फाइनलमा भिड्ने
भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा जारी दोस्रो मायादेवी कप सिक्स ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सुनौली फुटबल क्लब र लुम्बिनी खुकुरी फुटबल क्लब भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत बिहीबार दुुवै सेमिफाइनल खेलहरु सम्पन्न भए । पहिलो सेमिफाइनलमा सुनौलीले आयोजक मायादेवी युवा क्लबलाई १–० ले हराउँदै फाइनल प्रवेश गर्यो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा लुम्बिनी खुकुरीले जागृति युवा क्लबलाई २–१ को प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्दै उपाधि नजिक पुग्न सफल भयो ।
फाइनल खेल सुनौली र लुम्बिनी खुकुरी बीच आउँदो साउन ३ गते आइतबारका दिन हुने खेल संयोजक तथा व्यवस्थापक गणेश शाही ठकुरी (गिरीष)ले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
Post Comments