News साग पुरुष फुटबलमा भारतले नखेल्ने भएपछि नयाँ खेलतालिका सार्वजनिक
गोलनेपाल

यहि मंसिर १५ गतेदेखि शुरु हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबलतर्फ दावेदार टोली भारतले नखेल्ने भएपछि नयाँ खेलतालिका सार्वजनिक गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको नयाँ खेलतालिका अनुसार अब सहभागि पाँच टोली राउण्ड रोबिन लिगका आधारमा खेल्नेछन् ।

नयाँ खेलतालिकाअनुसार अब खेल मिति पनि परिवर्तन गरिएको छ । यसअघि उद्घाटन खेल डिसेम्बर १ तारीखका दिन हुने भनिए तापनि अब २ तारीखका दिन हुनेछ । उद्घाटन खेलमा भुटान र बंगलादेश भिड्नेछन् । त्यस्तै सोही दिन दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका पनि आमने सामने हुनेछन् ।

नेपालले आफ्नो पहिलो खेल भने ३ डिसेम्बरका दिन भुटानसँग खेल्नेछ । त्यस्तै सोही दिन अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

लिग चरणको प्रतिस्पर्धा पश्चात् शिर्ष स्थान हासिल गर्ने दुई टोली फाइनलमा स्वर्णका लागि भिड्ने छन् । यस्तो छ परिवर्तित नयाँ खेलतालिका ।

Post Comments