News झापास्तरीय फुटबल शुरु, उद्घाटन खेलमै शनिश्चरेको गोल बर्षा
गोलनेपाल

अर्जुनधारा ६ स्थित दीपज्योति खेल मैदानमा बिहीबारदेखि शुरु झापा जिल्लास्तरी नकआउट फुटबल प्रतियोगितामा शनिश्चरे एफसीले शानदार शुरुवात गरेको छ ।

उद्घाटख खेलमा शनिश्चरेले धुलाबारी एकाडेमीलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै शानदार शुरुवात गरेको हो । साथै यो जितसँगै शनिश्चरे सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

पहिलो हाफमा १ गोलले अग्रता लिएको शनिश्चरेले दोस्रो हाफमा गोलको वर्षा गरेको थियो । शनिश्चरेका लागि पेमा तामाङले खेलको ३०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको ३९ र ४७ मिनेटमा सौरभ लिम्बूले व्यक्तिगत दुई गोल गरेका थिए भने अभिषेक राईले ३१, सरोज कार्कीले ४९ र नानी लिम्बूले ५४औँ मिनेटमा गोल शनिश्चरेको एकतर्फी जित पक्का गरेका थिए ।

खेलमा व्यक्तिगत दुई गोल गरेका सौरभ लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनलाई उद्घाटन खेलका प्रमुख अतिथि तथा संविधानसभा सदस्य प्रेम गिरी र झापा जिल्ला फुटबल संघका सदस्य टेकराज तिलिङले नगद २ हजार प्रदान गरे ।

कप्तानबारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा शुक्रबार राजगढ एफसी र जलथल एफसीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।

Post Comments