खैरेनी । घरेलु टोली वार्ड नम्बर २ र वार्ड नम्बर ३ रुपन्देहीमा जारी देवदह वार्डस्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
देवदह–३ स्थित पुष्पानन्द गिरी स्मृति खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ४ लाई ८–१ को फराकिलो अन्तरले हरायो । खेलमा वार्ड नम्बर २ का दिवस राना म्यान अफ दि म्याच बने ।
त्यस्तै सोही मैदानमा भएको दोस्रो क्वाटरफाइनलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर १ लाई २–० को अन्तरले हराउँदै सेमिफाइनल स्थान पक्का गर्यो । खेलमा वार्ड नम्बर ३ का बिमल दर्लामी म्यान अफ दि म्याच चुनिए ।
वडा खेलकुद विकास समिति, देवदह नगरपालिका–२, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष नारायण शर्माले जानकारी दिए । फाइनल खेल पुष ९ गतेका दिन हुनेछ ।