News
वेलिङटनको शानदार जितमा साबित्राको दुई गोल
काठमाडौं । अष्ट्रेलियाको शिर्ष महिला लिग ए लिगमा खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले आफ्नो क्लब वेलिङटन फिनिक्सका लागि डेब्यु गोल गरेकी छिन् ।
लिगतर्फ शनिबार वेलिङटनले सिड्नी फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले हराउँदा साबित्राले डेब्यु गोलसहित व्यक्तिगत दुई गोल गरिन् ।
यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको वेलिङटन फिनिक्स लिगतालिकाको सातौं स्थानमा उक्लिएको छ । उता पराजित सिड्नी हारका बावजुद ७ खेलबाट ९ अंकका साथ छैठौं स्थानमा छ । शिर्ष स्थानमा भने ८ खेलबाट १५ अंकका साथ मेलबर्न भिक्टोरी रहेको छ ।
त्यस्तै वेलिङटन फिनिक्सले आफ्नो आगामी खेल ३० डिसेम्बर, मंगलबारका दिन वेस्टन सिड्नीसँग खेल्ने कार्यक्रम रहेको छ ।
Post Comments