News फाइनलमा निराश एपिएफ, च्याम्पियन ईस्ट बंगाल
गोलनेपाल

काठमाडौं । शनिबार सम्पन्न पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको ईस्ट बंगाल फुटबल क्लबले जितेको छ ।

दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा ईस्ट बंगालले नेपालको एपिएफ फुटबल क्लबमाथि ३–० को प्रभावशाली जित निकाल्दै उपाधि जित्न सफल भएको हो । ईस्ट बंगालको जितमा फजिया इक्वापुटले दुई गोल गर्दा थप उक गोल शिल्की देवीले गरिन् ।

स्मरण रहोस, फाइनल अघि लिग चरणको अन्तिम खेलमा पनि एपिएफ र ईस्ट बंगाल भिडेका थिए । त्यतिबेला दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । सोही खेलको जुझारु प्रदर्शनलाई एपिएफले शनिबार फाइनलमा दोहोर्याउन सकेन ।

 

Post Comments