News
स्थानीय तह शिक्षक फुटबल प्रतियोगिता हुँदै
बुधबारे । बुधबारे युथ क्लब, ६ नम्बर बुधबारे, धनकुटाको आयोजनामा यही पुष १५ गतेका दिन चार स्थानीय तह शिक्षक फुटबल प्रतियोगिता हुने भएको छ ।
श्री शारदा माविको खेलमैदानमा हुने प्रतियोगितामा चार स्थानीय तहका शिक्षकहरुको फुटबल टोली सहभागि हुनेछन् । जसमा चौबिसे गाउँपालिका धनकुटा, मिक्लाजुङ गाउँपालिका पाँचथर, माङसेबुङ गाउँपालिका इलाम र केराबारी गाउँपालिका मोरङ रहेका छन् ।
आउँदै गरेको तमु ल्होसार (पुष १५) को अवसर पारी शिक्षकहरु बीच आत्मियता, सहकार्य र मित्रभाव भूमिका कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । साथै विजेता तथा उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा